काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघे सङ्क्रान्ति र माघीको शुभकामना दिनुभएको छ । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत माघे सङ्क्रान्ति र माघीको शुभकामना दिनुभएको हो ।
उहाँले लेख्नुभएको छ,’सबैको जीवनमा घिउ–चाकुझैँ मिठास छाओस्, तिलका सहस्र दानाझैँ सफलता बढ्दै जाओस्। आज पूर्वदेखि पश्चिमसम्म विभिन्न संस्कृति अनुसार ढिकरी, भक्का, तरुल र सख्खरखण्डजस्ता खनिज परिकार खाइन्छ। माघे सङ्क्रान्ति अनि माघीको शुभकामना !’