२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 11:32 am
Banner

टुँडिखेलमा भीड अनियन्त्रित हुँदा ८ जना घाइते

सूचना प्रेस २०८० माघ १ सोमबार ००:००, १६:५० बजे १ मिनेट पढाइ

काठमाडौं। काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा ८ जना घाइते भएका छन्।

सोमबार मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो।

मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भिडभाडका क्रममा घाइते हुन पुगेका हुन् । प्रहरीका अनुसार भिडमा चेपिएर घाइते भएका ८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । उनीहरुको अवस्था सामान्य छ । प्रहरीले भीडलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।