८ मंसिर २०८१, शनिबार 1732345574
Banner

अहिले जनताको अधिकार खोस्न मिल्दैन, यो राजतन्त्रको समय होइन : अध्यक्ष ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको दायराभित्र रहेर आफ्नो माग राख्न सरोकारवाला दललाई सुझाब दिनुभएको छ । अहिले जनताको अधिकार नखोसिने टिप्पणी गदै्र्र उहाँले भन्नुभयो, ‘यो राजतन्त्रको समय होईन, गणतन्त्रको समय हो । अहिले जनताको अधिकार खोसिँदैन् ।’ आज बुढानिलकण्ठ नगर अस्पतालको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘जनता र नागरिकका अधिकार सुरक्षित छन्, ती अधिकारको प्रयोग संविधानभित्र गरेर अगाडि बढ्न पाइन्छ । संविधान, परिवर्तन र जनताको सर्वोच्चता नै नमान्ने र मलाई एउटा माली चाहियो भनेर कुद्ने, त्यो माली थपना घरमा गर्दै गर, देशले माली व्यक्तिलाई थपना गर्दैन, एउटा परिवारलाई थपना गर्दैन ।’

कार्यक्रममा बूढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले करिब १० करोड ६३ लाख भन्दा बढि लागतमा नगर अस्पताल निमार्णको कार्य सकिएको बताउनुभयो ।

नगर अस्पतालबाट हालका लागि ओपीडी सेवा सुरु हुनेछ भने करिव १५ शैयासम्मको सेवा तयारीकै क्रममा रहेको र सुरुवात चाँढैनै गरिने उहाँले बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश सांसद जयराम थापा, वडा नं २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, वडा नम्बर ६ का वडा अध्यक्ष रवि खड्का, वडा नम्बर ७ का वडा अध्यक्ष बसनारायण महर्जन, ८ का वडा अध्यक्ष सुमन तामाङ्ग, वडा नम्बर ९ का वडा अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, ११ का वडाअध्यक्ष राजु अधिकारी, वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराई, वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई, वडा नम्बर १३ का वडा अध्यक्ष टिका नारायण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।