४ आश्विन २०८१, शुक्रबार 1726870829
Banner

देउवालाई भेट्न प्रधानमन्त्री बूढानिलकण्ठमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानिलकण्ठ पुग्नुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेट्न प्रधानमन्त्री दाहाल बुढानिलकण्ठ पुग्नुभएको हो ।

सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । आइतबार बोलाइएको संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।