५ आश्विन २०८१, शनिबार 1726958541
Banner

बाराका क्याम्पस प्रमुखको गोली हानी हत्या

काठमाडौं । बाराको मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या भएको छ । शुक्रबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

आदर्श कोतवाल गाउँपालिका–२ खजुरियाबाट सदरमुकाम कलैयातर्फ जाँदै गरेका कुशवाहामाथि वडा नं ३ स्थित भतिनिया क्षेत्रमा अज्ञात समूहले गोली प्रहार गरेको थियो । हत्यामा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका कुशवाहालाई उपचारका लागि न्यूरो अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।