२ कार्तिक २०८१, शुक्रबार 1729289563
समाचार

एनसेलको ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना प्रभावकारी बन्दै

काठमाडौँ । एनसेलको ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना प्रभावकारी बन्दै गएको छ । ग्राहकहरुको ईच्छालाई परिपुर्ति गर्न एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालनमा ल्याएको थियो । असारदेखि शुरुभएको उक्त योजना अन्र्तगत ग्राहकलाई मनपर्ने कुनै एक नम्बर ग्राहकको आफ्नै मोबाइल नम्बर बनाउन मिल्छ । उक्त विशेष नम्बरले दूरसञ्चार सेवामा पहुँचमात्र नभई ग्राहको जीवनको कुनै महत्वपूर्ण दिन वा मिठो सम्झनाको प्रतिविम्ब पनि गर्ने गरेको छ । जन्म मिति, वैवाहिक वर्षगाँठ दिन वा अन्य कुनै विशेष नम्बरसँग मिलाउन सकिने तथा ९ लाख बढि नम्बरहरुबाट मोबाइल नम्बर छान्न पाइने भएको एनसेलले जनाएको छ । ग्राहकले आफुलाई मनपर्ने अन्तिमको ६ वटा अंक रोजेर आफ्नो मोबाइल नम्बर आफै बनाउन सक्ने भएका छन् ।

‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालनमा आएसँगै ग्राहकको जन्मदिन होस्, आफ्नो सहयात्रीलाई पहिलो पटक भेटेको दिन होस्, ग्राहकको सवारी साधनको नम्बर होस् वा अन्य कुनै महत्वपूर्ण मिति वा नम्बरलाई सधैंको लागि आफ्नै मोबाइल नम्बरमा परिणत गरि सधैं अन रहन्छ ।

आफ्नो सम्बन्धहरुलाई अझै प्रगाढ बनाउँदै एनसेलका ग्राहकले आफ्ना प्रियजनहरुलाई त्यस्ता विशेष नम्बरहरु उपहार उक्त योजना अन्र्तगत दिर्द आएको छ । उक्त योजनाको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट शुरु भईरहेको छ ।

ग्राहकले आफूलाई मात्र नभई आफ्नो नम्बरसँग मिल्नेगरि परिवारजन र साथीभाईलाई पनि यस्तो नम्बर रोजिदिन सक्छन् । यो एक सेवा मात्र नभई सम्बन्धहरुलाई थप प्रगाढ बनाउने माध्यम पनि हो ।” यस योजना अन्तर्गत, ९७०५ रेन्जबाट मोबाइल नम्बर छनोट गर्नको लागि ९ लाख बढी मोबाइल नम्बरहरु उपलब्ध रहेका छन् ।

एनसेलले फस्ट कम, फस्ट सर्भ बेसिसमा उपलब्ध नम्बरहरु वितरण गरिरहेको छ । यो सिम एनसेलले हाल सञ्चालन गरिरहेको ‘सधैं अन’ प्लान अन्तर्गत ५९९ देखि १ हजार ४९९ रुपैयाँ सम्मको प्लानमा बन्डल सेवाका रुपमा उपलब्ध छन् ।