२ कार्तिक २०८१, शुक्रबार 1729263787
Banner

बोल्न रोकेको भन्दै राजकिशोर यादव र सुदन किराँतीबीच बैठकमै भनाभन

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समिति सभापति राजकिशोर यादव र नेकपा

(माओवादी केन्द्र) का सांसदबीच भनाभन भएको छ । बिहीबारको समितिको बैठकमा सभापति यादवले सांसद सुदन किराँतीलाई बोल्न समय दिएका थिए । बैठकमा सांसद किराँतीले १२ मिनेट भन्दा बढी समय बोलिसकेपछि एमसीसीबारे धारणा राख्न थाले ।

सो विषयलाई रोकेर सभापति यादवले प्राविधिक कुराहरुमा जान आग्रह गरे । सभापतिको आग्रहपछि किराँतीले एजेण्डा धेरै राख्ने अनि बोल्न नदिने भन्दै आपत्ति जनाए ।
सभापति यादव र सांसद किराँतीबीच भएको सवालजवाफ जस्ताको त्यस्तैः

सुदन किराँतीः ‘।हुनतः सार्वभौम सत्ताको कुरा गर्दा हिजो एमसीसी पनि त्यसैअन्तर्गत गयो त हाम्रो देश । सडकमा रक्तपात भयो, राँके जुलुस भयो । देश आन्दोलित भयो । सार्वभौम सत्ता त्यति कमजोर छैन होला तर अहिले कसले हात हाल्ने कसले काम गर्ने परिस्थिति पनि त्यस्तै छ । ‘
सभापतिः मान्य ज्यु एक पटक समयको ‘
सुदन किराँतीः के गर्नु एजेण्डा राखिरहाल्नु भयो, एजेण्डामा त बोलिसकौँ न ।
सभापतिः टेक्निकल कुरा राखौँ
सुदन किराँतीः टेक्निकल त म कसरी राखौँ, राजनीतिक मान्छे ।
सुदन किराँतीः राजनीतिक व्यक्ति म, टेक्निकल कुरा त, कुन चाहीँ जहाँज कति घण्टा उडाएर त्यसको रिसाइक्लिङ कहिले हुन्छ रु म सक्दिन नि त । विषयमा नीति केन्द्रित भन्नु न सभापति ज्यु । कसरी टेक्निकल्ली, टेक्निकल्ली भन्नुहुन्छ । म त जान्दिन टेक्निकल्ली । म त पाइलट पनि परिनँ ।

सभापतिः यहाँ टेक्निकल विषयमा वहस हुने हो ।
सुदन किराँतीः राजनीतिक मान्छेले के गर्छ त ?
सभापतिः ठिक छ, यहाँ विषयमा केन्द्रित हौँ न ।
सुदन किराँतीः केमा गर्दैछु त म ।
सभापतिः तपाईं राजनीति ‘
सुदन किराँतीः सभापतिज्यु तपाईंले कसरी राख्नुभयो, राखेकै कुरामा म छलफल गरिरहेको छु ।
सभापतिः त्यही गरौँ न त । समय यहाँ कम छ ।
सुदन किराँतीः एजेण्डा किन राख्नुभएको त ?
सभापतिः कुरा राख्नु त भयो नि । विषयमा अलिकति केन्द्रित होउँ न ।
सुदन किराँतीः म विषय भन्दा कसरी बाहिर गएँ । तपाईंले पो बुझ्ने समस्या भयो त यो ।
सभापतिः मान्यज्यु तपाईं अलिकित हद पार गर्दै हुनुहुन्छ । तपाईंले यहाँ‘।
सुदन किराँतीः तपाईं यहाँ दोहोर संपाद गरेर नष्ट गर्ने, धेरै एजेण्डा राख्ने ।

सभापतिः तपाईं यहाँ ‘।।
सुदन किराँतीः एजेण्डामा हामी बोल्न नपाउने रु के हो यो ?
सभापतिः तपाईंलाई‘
सुदन किराँतीः तपाईं हठी की म हठी ?
सभापतिः म कुरै ।
सुदन किराँतीः फेरेर कुरा गर्नुहुन्छ ।
सभापतिः तपाईं समयलाई ध्यान दिनु ।
सुदन किराँतीः सभापतिज्यु कोर्डिनेशन गर्नुस् ।
सभापतिः होइन, समयलाई त ध्यान दिनु‘
सुदन किराँतीः तपाईंले नयाँ मन्त्री छ त किन यति ४र४ वटा गर्नुभयो त ।

सभापतिः किन गरिँदैन ।
सुदन किराँतीः मलाई बोल्न दिँदा किन तपाईं रोक्नुहुन्छ ।
सभापतिः विषयमा राख्नुस् न ।
सुदन किराँतीः यत्रो पढ्नै थियो, अझै मैले छोट्याउन खोजेको ।
सभापतिः विषयमा राख्नुस् न ।
सुदन किराँतीः म त छोट्याउँदैछु, विषय केन्द्रित नभए के हो यो । अरु माननीयजतिले त मैले बोलेकै छैन त । ठिक छ मन्त्रीज्यु म बोलिनँ ।

सुदन किराँतीः तपाईंको पनि ‘।टेप लाएर‘
सभापतिः मान्य हरि उप्रेतीलाई ‘।
हरि उप्रेतीः कारण कसले पहिल्याउने रु थोत्रा प्लेनको, पाइटको, को पाइलटको कारण की, गुगलको कारण । यो विषय पहिला छुट्याउन जरुरी छ जस्तो लाग्छ मलाई ।
सुदन किराँतीः सभापतिज्यु म लागेँ । तपाईंले आज धम्क्याउन बोलाउनुभएको रहेछ, धन्यवाद ।
हरि उप्रेतीः कसैले पनि धम्क्याएको छैन, बसौँ मान्यज्यु ।
सुदन किराँतीः म बस्दिन ।

हरि उप्रेतीः यति गम्भीर विषय छ, देशको स्थिति ।
सुदन किराँती झर्किंदैः गम्भीर विषयमा त कुरा राख्न पाउनुप¥यो नि ।
हरि उप्रेतीः राख्नुभयो त । त त्यत्रो‘
सुदन किराँतीः तपाईंले मलाई रुलिङ गर्ने की उहाँले गर्ने ? तपाईं फेरि रुलिङ गर्न थाल्ने ?
सांसदहरुः बसौँ न मान्य ज्यु ।
हरि उप्रेतीः राम्रो विषय राख्नुभएको छ भन्दै छु त ।
सुदन किराँतीः एजेण्डामा कुरा गर्न नदिने भए किन एजेण्डा राख्नुभयो ।
सुदन किराँतीः म त छोट्याउँदै थिएँ ।
सभापतिः यसलाई कन्टिन्यु गरौँ ।

सुदन किराँतीः अरुलाई बोल्न भारी दिने, मलाई टेक्निकल कुरा गर् भन्ने ।
सभापतिः बसौँ बसौँ ।
सुदन किराँतीः म थोडी इन्जिनियर पढेको हो । म राजनीति गरेर आएको हो ।
सुदन किराँतीः तपाईं गर्नुस् टेक्निकल कुरा, छानबिन पनि तपाईं गर्नुस् ।
सुदन किराँतीः तपाईं दाइने झर्यो की देब्रे झर्यो हेर्नुस् । कस्तो बोल्नु दिनुहुन्न ।
सभापतिः हरि उप्रेतीज्यु बोल्नुस् ।