६ आश्विन २०८१, आइतबार 1727061473
Banner

टीआरसी विधेयकमा दलहरूबीच जुट्यो सहमति

काठमाडौं-संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा प्रमुख दलहरू सहमतिमा जुटेको छ। तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच बिहीबार भएको छलफलमा विवादित सबै विषयमा सहमति जुटेको हो।

विवादित विषयमा सहमति जुटेसँगै अब नेपालको शान्ति प्रक्रिया २-३ वर्षभित्रै टुंगोमा पुर्‍याउन सकिने सहजीकरण कार्यदलका सदस्य एवं एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको छलफलमा टुंगिन बाँकी सबै विषयहरूमा सहमति जुटेको र अब प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाइएको उहाँले बताउनु भयो। गृहमन्त्री रमेश लेखक, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र उपमहासचिव शर्मा सदस्य रहेको संयन्त्रले भोलि बेलुकीसम्म तीन शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउने छन्।

त्यसपछि समितिले आवश्यक प्रक्रिया पुर्‍याएर कानुन पारित हुनेछ। बर्तौलाका अनुसार गम्भीर मानव अधिकार उल्लंघन जस्ता पेचिलो बनिरहेको विषयमा आज सहमति जुटेको हो।