३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 12:56 pm
समाचार

बागलुङमा पहिरोमा चार घर पुरिए, एकजनाको मृत्यु

सूचना प्रेस २०८१ श्रावण २२ मंगलबार ००:००, १२:५७ बजे १ मिनेट पढाइ

बागलुङ-बागलुङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–९, दर्लिङखोलामा पहिरोले घर पुरिँदा १५ वर्षीय विधान परियारको मृत्यु भएको हो। 

भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा पुरिएर ज्यान गुमाएका परियारको शव पोस्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ । यस्तै, बडिगाड गाउँपालिका–१०, दर्लिङमा तीनवटा घर पुरिएका छन् ।