५ आश्विन २०८१, शनिबार 1726918090
Banner

गुल्मीमा पहिरोले २ घर पुरिदा ४ जनाको मृत्यु २ जना घाइते

गुल्मी – गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर–१ बिसौनामा पहिरोले २ वटा घर पुरिएर ४ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

बेनी जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ रिठाबोट क्षेत्रमा पहिरोले अवरुद्ध सडक । सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि यो क्षेत्रको यात्रा निकै जोखिमपूर्ण बनेको छ । तस्बिर ः कमल खत्री / रासस

पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताउनुभयो । मंगलबार बिहान घरमाथीबाट लेदो सहितको पहिरोले बिस्णु बिकको घर र हुकुम बिकको घर पुरिएको प्रहरीले जनाएको छ । वेपत्ता भएकाहरुको खोजी कार्यको लागि प्रहरी र स्थानीय परिचालन भएको प्रहरीले जनाएको छ । पहिरोले वेपत्ताको खोजी कार्याको लागि प्रहरी सहायक निरीक्षक लखनलाल चौधरीको कमाण्डमा ४ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

क्षतिको बिबरण आउन बाकी रहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । गएरातीबाट गुल्मीमा वर्षात भइरहेकाले उद्धारमा समस्या भइरहेको छ ।