७ आश्विन २०८१, सोमबार 1727093807
Banner

परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जाने

काठमाडौँ– पराष्ट्रमन्त्री डा आरजु राणा देउवा आजदेखि छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ । उहाँका भारतीय समकक्षी डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा निस्कन लाग्नुभएको परराष्ट्र मन्त्रालले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवम् नेपाल–भारतबीचको सहकार्य प्रबर्द्धननबारे छलफल गर्नुहुने जनाइएको छ । दुई देशबीचमा नियमित रुपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवम् प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ । परराष्ट्र मन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।