२३ कार्तिक २०८३, सोमबार Tuesday, 10 November 2026
हामीलाई पछ्याउनुहोस्
२३ कार्तिक २०८३, सोमबार 3:36 am
Banner

सुनकोशीमा कार खस्यो

सूचना प्रेस २०८१ भदौ ८ शनिबार ००:००, २०:२२ बजे १ मिनेट पढाइ

काठमाडौँ, ८ भदौ : सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट एक निजी कार सुनकोशी नदीमा खसेको छ । कारमा सवारमध्ये एकजना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ ।

नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । खोटाङको हलेसीबाट काठमाडौँतर्फ आइरहेको सो कार आज करिब साँझ ५ः३० बजे नदीमा खसेको थियो । घटनाको थप विवरण आउन बाँकी छ ।