२३ कार्तिक २०८३, सोमबार Monday, 9 November 2026
हामीलाई पछ्याउनुहोस्
२३ कार्तिक २०८३, सोमबार 11:41 pm
Banner

लमहीमा मोटरसाइकल दुर्घटनामा परी  दुई युवकको मृत्यु

सूचना प्रेस २०८१ आश्विन ३ बिहिबार ००:००, १२:०२ बजे १ मिनेट पढाइ

बुटवल । लमहीमा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका घोराहीका दुई युवकको मृत्यु भएको छ । गम्भीर घाइते मोटरसाइकल चालक घोराही उपमहानगरपालिका – १८ नवलपुरका २२ वर्षीय श्रवणकुमार पुन र घोराही – ४ का २१ वर्षीय विनोद केसीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।

लमही–घोराही सडक खण्ड अन्तर्गत लमहीबाट घोराही तर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई लमही नगरपालिका – ६ बेलदार नजिकै बिहान साढे सात बजेतिर दुर्घटनामा भएको थियो ।