६ आश्विन २०८१, आइतबार 1726999556
Banner

होटल ब्यवसायमा प्रेसिडेन्ट गु्रपले लगानी बढाउँदै आधा दर्जन परियोजनामा, एयरपोर्ट नजिकै खुल्यो १५ औं शाखा

काठमाडौं। प्रेसिडेन्ट गु्रपले होटल व्यवसायमा आक्रामक रुपमा लगानी बढाएको छ। मन्दीका कारण अर्थतन्त्र खस्किरहेको बेला व्यवसायी टि.आर.(शंकर) भण्डारी सहितको टीमले राजधानीका विभिन्न स्थानमा ५ वटा र काठमाडौ बाहिर गुल्मी, पोखरा, पाल्पा, जनकपुर लगायत अन्य क्षेत्रमा प्रेसिडेन्ट गु्रपले परियोजना सुरु गरिसकेको छ । यसै अन्र्तगत प्रेसिडेन्ट ग्रुपले आफ्नो १५ औँ शाखा शनिबार बिस्तार गरेको छ । सिनामङ्गलस्थित शम्भुमार्गमा निर्माण गरिएको उक्त होटलको शनिबार एक कार्यक्रमबीच नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी र होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले संयुक्त रूपमा उद्घाटन गरे ।

कार्यक्रममा बोर्डका सिइओ जोशीले पर्यटनलाई उत्कृष्ट सेवा दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे । लगानी विस्तारसँगै आतिथ्यतामा गुणस्तरीय सेवा दिँदै आएको उनले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पर्यटनलाई बढावाका साथै गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गरे । होटल सङ्घका अध्यक्ष शाहले होटल पूर्वाधारको उपयोग गरी गुणस्तरीय सेवा प्रदान गर्न सबै लग्नुपर्ने बताए ।

२५ कोठा क्षमताको एयरपोर्ट होटलमा हरेक कोठामा मिनीबारसँगै लिफ्ट, रुफटप रेष्टुरेन्ट, व्यवस्थित पार्किङ लगायतका सुविधा छन् । ‘हामीले असोज मसान्तभित्रै सञ्चालनमा आउने गरी रुपन्देहीमा अर्को आउटलेट खोल्ने तयारी गरेका छौँ, एयरपोर्टमा होटलको सेवा शुभारम्भ गर्दै ग्रुपका अध्यक्ष टीआर भण्डारीले भने, कुरिनटार, चितवनको रत्ननगर, गुल्मी, पोखरा, पाल्पा र जनकपुरमा पनि होटल विस्तार गर्ने योजना छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा कम्तीमा ५ वटा प्रेसिडेन्ट सेकुवा सञ्चालनका लागि गृहकार्य भइरहेको छ । उनका अनुसार समूहले तीन सय जनालाई रोजगारी दिँदै आएको छ । उनीहरूमध्ये २८ जना फरक क्षमताका छन् ।

प्रेसिडेन्ट होटलमा सिस्नो चिकन, मसरुम सिस्नो, पनिर सिस्नो लगायतका सिग्नेचर मेनु समावेश छन् । एयरपोर्टमा खुलेको यो होटलले २४ सै घण्टा सेवा दिनेछ । यहाँ तीन सिफ्टमा ४० जना स्टाफ खटाइएको ग्रुपले जनाएको छ ।

गैरआवासीय नेपाली सङ्घका महासचिव सोम सापकोटाले नेपालको पर्यटनमा नयाँ स्वादसहित भिन्न ढङ्गले आउटलेट सुरु गरेको र यसले उच्च विन्दुमा पुर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले नेपालमा पर्यटकलाई आतिथ्य सेवा दिन मद्दत पुग्ने बताए ।

प्रेसिडेन्टल गु्रपको नेतृत्वमा आगामी ३ बर्षभित्र देशभर कम्तिमा अन्य १० स्थानमा राम्रा होटल सञ्चालनमा ल्याउने व्यवसायी सोम सापकोटाले बताए । नेपालमा पर्यटकको संख्या बढाउन र नेपालमै केही गर्ने सोच भएका युवालाई प्रोत्साहन गर्ने आफुहरुले काम गरिरहेको उनको भनाइ छ । काठमाडौको सुन्धाराबाट २०६३ सालदेखि शुरु भएको प्रेसिडेन्ट होटलको हाल बालाजुमा ३ वटा, चितवनमा २ वटा, पुरानो बानेश्वर, बत्तिसपुतलि, महाराजगञ्ज, रविभवन लगायत १४ स्थानबाट ग्राहकलाई सेवा प्रदान गदै आईरहेको छ । प्रेसिडेन्ट गु्रपमा टि आर भण्डारीसहित कृष्ण भण्डारी, यज्ञ पन्त, दिनेश सापकोटा, एनआरएनका उपमहासचिब सोम सापकोटासहितको लगानी रहेको छ ।