६ आश्विन २०८१, आइतबार 1727039062
Banner

बागमती प्रदेशसभामा ३ विधेयकको प्रतिवेदन पेस

हेटौँडा ।  बागमती प्रदेशसभा बैठकमा ३ वटा विधेयकको निर्णयको प्रतिवेदन पेस भएको छ । प्रदेशसभाको आइतबार दिउँसो बसेको बैठकमा शिक्षा स्वास्थ्य तथा कृषि समितिका २ र उद्योग पर्यटन तथा वातावरण समितिको एउटा विधेयकको प्रतिवेदन पेस भएको हो । बैठकमा शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर ढकालले समितिले दफावार छलफल गरेर तयार पारेको प्रदेश स्वास्थ्य ऐन २०७५ लाई व्यवस्था गर्न बनेको विधेयकको निर्णयको प्रतिवेदन र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको निर्णयको प्रतिवेदन पेस गरेका हुन् ।

उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको निर्णयको प्रतिवेदन पेस गरेका हुन् । उक्त विधेयकका प्रतिवेदनहरू माथि सोमबार बसेको बैठकमा छलफल पछि पारित हुनेछ । बैठकमा एमाले सांसद केशवप्रसाद पोखरेलले ध्यानाकर्षण प्रस्ताव पेस गरेका थिए । उनले विुद्युतीकरण सम्बन्धी विषयमा पेस गरेको ध्यानाकर्षण प्रस्ताव माथि सभामुख भुवन पाठकले सङ्घीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।