६ आश्विन २०८१, आइतबार 1727039666
समाचार

लागुऔषध मुक्ति र अपाङ्गता विषयमा आधारित वैश्विक महाधिवेशन हुने

काठमाडौं । काशियाना फाउन्डेसनको नेतृत्वमा वैश्विक महाधिवेशन आयोजना हुने भएको छ ।  आगामी १० नोभेम्बर २०२४ (२५ कार्तिक,आईतबार) काठमाडौस्थित होटल हायतमा लागुऔषध मुक्ति र अपाङ्गता विषयमा आधारित वैश्विक महाधिवेशन हुन लागेको हो ।

उक्त कार्यक्रमको दोस्रो चरणमा हुनेछ, जसमा ३० देशका प्रतिनिधिहरू सहभागी हुनेछन्। जसमा विश्वलाई लागुऔषधमुक्त बनाउने र लागुऔषधसँग सम्बन्धित अपाङ्गताका बारेमा छलफल गरिनेछ।

काशियाना फाउन्डेसनका संस्थापक सुमित सिंहले यस आयोजनाको उद्देश्य स्पष्ट पार्दै, D-30 को मुख्य लक्ष्य ती ३० देशहरूलाई एउटै मञ्चमा ल्याउनु हो, जुन लागुऔषध समस्याबाट गम्भीर रूपमा प्रभावितभएको बताएका छन् ।
यो सम्मेलन विश्व स्वास्थ्य संगठनद्वारा चयनित ती देशहरूमा केन्द्रित हुनेछ, जहाँ लागुऔषध एउटा ठूलो समस्या बनिसकेको छ।

‘यो सम्मेलन लागुऔषधमुक्त विश्वको दिशामा एक ठोस कदम हुनेछ, र यस पहललाई फ्रान्स, इङ्ग्ल्याण्ड, जापान, कोरिया, र अमेरिकाजस्ता ठूला देशहरूमा पनि गुञ्जायमान गराउने अवसर मिल्ने  सुमितले  बताए ।

D-30 मार्फत काशियाना फाउन्डेसन विश्वलाई लागुऔषधमुक्त बनाउन ठोस प्रयास गरिरहेको छ। यो पहल ‘वसुधैव कुटुम्बकम्’ र ‘सर्वे भवन्तु सुखिनः, सर्वे भवन्तु नशा मुक्तः’ भन्ने संकल्पलाई साकार पार्ने दिशामा एक महत्वपूर्ण कदम हो।नेपालमा आयोजनाको विशेष महत्व

‘यो महाधिवेशन नेपालमा आयोजना हुन लागेको छ, जो महात्मा बुद्धको जन्मस्थल हो। भगवान बुद्धका शिक्षाहरूमा पंचशील सिद्धान्तहरू उल्लेख गरिएको छ, जसमा लागुऔषध मुक्ति पनि समावेश छ।

यही कारण नेपाललाई यस कार्यक्रमको आयोजन स्थलका रूपमा चयन गरिएको हो, ताकि भगवान बुद्धको भूमिबाट विश्वलाई लागुऔषधमुक्त बनाउने सन्देश दिन सकियोस्।’  सुमितले  भने । यो कार्यक्रमको पहिलो चरण दिल्लीमा आयोजना भएको थियो । D-30 को पहिलो चरण २०२३ मा दिल्लीस्थित होटल ललितमा सम्पन्न भएको थियो, जसमा ३० देशका प्रतिनिधिहरू सहभागी भएका थिए।

यस सम्मेलनमा युवाहरू, डाक्टरहरू, र समाजसेवीहरूले विभिन्न सत्रहरूमा लागुऔषध मुक्ति प्रति आफ्नो चिन्ता र समाधानका विषयमा  आ-आफ्ना विचारहरू राखेका थिए।