२ कार्तिक २०८१, शुक्रबार 1729282624
खेलकुद

सन्दीप लामिछाने आजै अमेरिका जाँदै

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले आजै अमेरिका उड्ने भएका छन् ।  नेपालस्थित अमेरिकी दूतावासले सन्दीपलाई भिसा उपलब्ध गराएसँगै उनी आज राति अमेरिका उड्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।  त्यहाँ उनले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो शृङ्खला खेल्नेछन् ।

टोलीका अन्य सदस्य भने क्यानडामा लिग–२ खेलेर अमेरिका पुगिसकेका छन् । अमेरिकामा लिग–२ प्रतियोगिता अक्टोबर २५ तारिखमा सुरु हुँदैछ ।नेपालले आफ्नो पहिलो खेल अमेरिकासँग २७ तारिखमा खेल्नेछ । लिग–२ मा तेस्रो टोलीको रूपमा स्कटल्यान्ड रहेको छ ।