५ कार्तिक २०८१, सोमबार 1729534502
Banner

संसद सचिवालयले भारतसँग माग्यो ३८ वटा कार र ७५ वटा मोटरसाइकल

काठमाडौं । संघीय संसद सचिवालयले भारत सरकारसँग ३८ वटा कार र ७५ वटा मोटरसाइकल मागेको छ । संसद सचिवालयले अर्थ मन्त्रालयमार्फत भारतीय सहयोगका लागि पहल गरेको हो । भारतीय सहयोगमा सवारीसाधन प्राप्त हुने गरी पहल भएको र अर्थ मन्त्रालयमार्फत सहयोगस्वरुप सवारीसाधन प्राप्तीका लागि गृहकार्य अगाडि बढेको संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका अधिकारीहरू भारत सरकारबाट सहयोग प्राप्त हुने विश्वास रहेकाले गृहकार्य अगाडि बढेको बताउँछन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरी संसद सचिवाललयका पदाधिकारी र कर्मचारीका लागि आवश्यक सावारी साधनका लागि समन्वय भएको बताउँछन् । ‘आवश्यक सवारी साधनका लागि केही समन्वय गरेका छौं । अपेक्षा पनि गरेका छौं’ गिरीले अनलाइनखबरसँग भने ।