८ कार्तिक २०८१, बिहिबार 1729800414
समाचार

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

बर्दिया ।  बर्दियामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा जिल्लाको बाँसगढी नगरपालिका– ८ ककौरा झनैया टोल बस्ने २२ वर्षीय बिक्रम भण्डारी रहेको प्रहरीले जनाएको छ ।

उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भण्डारीले ती किशोरीलाई गत असोज २७ गते जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ
गरेको हो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।