१० कार्तिक २०८१, शनिबार 1729959024
विश्व

बाबा सिद्दीकी हत्या प्रकरण : मुम्बई  र पन्जाब पुलिसद्वारा एक आरोपीलाई पक्राउ

नयाँ दिल्ली । एनसीपीका नेता बाबा सिद्दिकी हत्याकाण्डमा मुम्बई पुलिस र पन्जाब पुलिसले वान्टेड आरोपीलाई पक्राउ गरेको छ । पन्जाब प्रहरीले यसबारे जानकारी दिएको हो । यस सम्बन्धमा पन्जाब पुलिसको डीजीपीको कार्यालयको आधिकारिक एक्स खाताबाट पनि पोस्ट गरिएको छ । डीजीपी कार्यालयको पोस्टका अनुसार, ‘मुम्बई पुलिसले पन्जाब पुलिससँगको संयुक्त अभियानमा बाबा सिद्दिकीको हाई प्रोफाइल हत्यामा वान्टेड मुम्बई निवासी सुजित सुशील सिंहलाई पक्राउ गरेको छ ।’

पन्जाब पुलिसका अनुसार, सुजित बाबा सिद्दिकीको हत्याको षड्यन्त्रमा संलग्न थिए र उसले तीन दिन अघि नितिन गौतम र अर्का आरोपीलाई यस योजनाको बारेमा जानकारी गराएको थिए । हत्यामा सुजितले पनि सहयोग गरेको । उनलाई थप अनुसन्धानका लागि मुम्बई प्रहरीको जिम्मा लगाइएको बताइएको छ । १२ अक्टोबरको रात एनसीपी नेता तथा महाराष्ट्रका पूर्व मन्त्री बाबा सिद्दिकीको मुम्बईको बान्द्रा क्षेत्रमा गोली हानी हत्या गरिएको थियो ।