११ कार्तिक २०८१, आइतबार 1730056274
Banner

सहकारी ठगी प्रकरणमा रबि पत्नि निकितापनि तानिर्दै

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेविरूद्व पनि प्रहरीमा जाहेरी परेको छ । कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनको आरोपमा निकिताविरूद्व पनि मुद्दा दर्ता भएको हो ।

निकिता स्वर्णलक्ष्मी सहकारीकी पूर्व उपाध्यक्ष हुन् । कालिमाटीमा सञ्चालित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा भएको आर्थिक अपचलनसम्बन्धी मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंले दर्ता गरेको छ । निकिताले आफू कार्यरत रहेको बेला सहकारीबाट ऋण लिएको पाइएको प्रहरीले जनाएको छ ।

तर निकिताले ऋण भने पहिलै तिरिसकेकी छिन् । निकिताले विनावचत ऋण लिएको पाइएको दाबी प्रहरीको छ । सहकारीबाट नियमविपरीत रकम प्रवाह गरिएको र थुप्रै बचतकर्ताको रकम अपचलन भएको आरोपमा मुद्दा दर्ता भएको हो । यसअघि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएको बेलामै मुद्दा दर्ताका लागि बचतकर्ताहरु कालिमाटीस्थित प्रहरी वृत्त पुगेका थिए ।