७ मंसिर २०८१, शुक्रबार 1732309561
Banner

नेपालविरुद्ध बंगलादेशको २–१ को अग्रता

काठमाडौँ, कात्तिक १४ गते । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा खेलको ८१ औं मिनेटमा नेपालविरुद्ध बंगलादेशले २–१ को अग्रता लिएको छ । खेलको ८१ मिनेटमा रितु चक्माले नेपालविरुद्ध दोस्रो गोल गर्नुभएको हो । 

यसअघि खेलको ५२ मिनेटमा नेपालको डिफेन्सको कमजोरीलाई उठाउँदै बंगलादेशका मोनिका चक्माले गोल गर्नुभएको थियो । त्यसको चार मिनेटमा नेपालकी अमिशा कार्कीले गोल फर्काउनुभएको थियो ।