२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 8:14 am
विश्व

गुजरातमा आर्सेलर मित्तलको हजिरा स्टिल कारखानामा आगलागी, चार जनाको मृत्यु

सूचना प्रेस २०८१ पुस १७ बुधबार ००:००, १०:१० बजे १ मिनेट पढाइ

नयाँ दिल्ली । गुजरातको सूरत नजिक हजिरामा रहेको एउटा स्टिल कारखानामा आगलागी भएको छ । यो दुर्घटना डिसेम्बर ३१ को राति भएको बताइएको छ । समाचार एजेन्सी आईएएनएसका अनुसार यो दुर्घटना आर्सेलर मित्तल निप्पोन स्टिल इन्डिया नाम गरेको कम्पनीको कारखानामा भएको हो । आगलागीमा परेर चार जना कामदारको मृत्यु भएको भन्दै आईएएनएस र पीटीआईले समाचार छापेका छन् । अर्का एक जना भने घाइते भएको बताइएको छ । घाइतेलाई अस्पतालमा भर्ना गरिएको भनिएको छ ।