७ जेष्ठ २०८३, बिहिबार 1779403171
समाचार

गजबार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान्‌ पक्राउ

धनुषा : धनुषामा आफ्नै श्रीमतीको हत्या अभियोगमा प्रहरीले श्रीमान्‌लाई नियन्त्रणमा लिएको छ। २३ वर्षीया श्रीमती संगिता ठाकुरको हत्या अभियोगमा धनुषाधाम नगरपालिका-५ पर्वता टोल बस्ने २५ वर्षीय देवलाल ठाकुरलाई गए राति इलाका प्रहरी कार्यालय धनुषाधाम र प्रहरी चौकी उमाप्रेमपुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो।

सामान्य घरायसी विवाद हुँदा देवलालले श्रीमतीमाथि गजबार प्रहार गरेका थिए। प्रहरीले संगिताको घटनास्थलमै मृत्यु भएको जनाएको छ। घटना सम्बन्धमा आवश्यक अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।