२६ जेष्ठ २०८३, मंगलबार 1781062481
अर्थ

देशभरका कृषि विकास बैंक कर्मचारी फुटसल खेल्दै

कृषि विकास बैंक कर्मचारी युनियनले आफ्ना वैंकका देशभरका कर्मचारीहरुको सहभागितामा दोश्रो फुटसल प्रतियोगिता गरेको छ ।

तीन दिनसम्म चल्ने प्रतियोगिता बुधबारबाट शुरु भएर शुक्रवार सकिने छ । बैंकको वार्षिकोत्सव र कृषि विकास बैंक कर्मचारी युनियनको तेस्रो स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको युनियनकी अध्यक्ष जानुका पौडेलले जानकारी दिइन् । 

फुटसल प्रतियोगितामा देशका ७ वटै प्रदेशका पुरुषतर्फ २१ वटा र महिलातर्फ ६ वटा टिमका खेलाडीहरुको सहभागितामा युनियनले प्रतियोगिता आयोजना गरेको छ । युनियन र व्यवस्थापन पक्षको २ वटा टिमको समेत मैत्रीपूर्ण सहभागिता रहेको अध्यक्ष पौडेलले जानकारी दिइन् ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोबिन्द गुरुङले कृषि विकास बैंकले आफ्नो ५८ औं वार्षिकोत्सवलाई हर्ष उल्लासका साथ मनाउँदै ‘फुटसल फर फन एण्ड फ्रेण्डसीप’ भन्ने नारासहित कर्मचारीहरुबीच भातृत्वको भावना बढाउनका लागि, शारिरिक र मानसिक रुपमा स्वस्थ्य र चुस्त दुरुस्त राख्नका लागि फुटसल आयोजना गरेको बताए । साथै सिइओ गुरुङले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमको निरन्तरता दिदै जाने समेत प्रतिवद्धता जनाए ।

त्यस्तै खेल संयोजक जीवराज वमले प्रत्येक वर्ष आयोजना गर्दै आएको फुटसल प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिएको जानकारी दिए । लिगको आधारमा खेलाइने खेलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिप्पर, अनुशासित खेलाडी, हाइस्कोरर, प्लेयर अफ द टुर्नामेन्टलाई पनि पुरस्कारको व्यवस्था रहेको जानकारी दिए ।