काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रको एक प्रतिष्ठित एवार्डबाट सम्मानित भएको छ । एवार्ड फर कर्पोरेट एक्सलेन्सी २०२४ को चौथो संस्करणअन्तर्गत आयोजित ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट बैंक सम्मानि भएको हो ।

मानव व्यवस्थापनतर्फ उत्कृष्ट कार्य गरेबापत बैंकलाई ‘विकास बैंक, क्षेत्रीय बैंक र वित्त कम्पनीमा कर्पोरेट उत्कृष्टता २०२४’ एवार्डबाट सम्मानित गरिएको हो । उक्त सम्मानले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने बैंकको लक्ष्यलाई थप टेवा पु¥याएको बैंकले जनाएको छ ।
सम्मानले आगामी दिनहरुमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सवल बनाउन उत्प्रेरित र उत्तरदायी बोध गराएको बैंकले जारी गरेको प्रेस नोटमा उल्लेख छ । कर्पोरेट क्लव नेपाल प्राइभेट लिमिटेडले देशको आर्थिक र सामाजिक क्षेत्रमा योगदान पु¥याइरहेका विभिन्न व्यक्ति र संस्थालाई विभिन्न २२ विधामा मंगलबार कर्पोरेट एवार्ड प्रदान गरेको थियो ।
हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय,१ एक्स्टेन्सन र ५० एटिएम काउन्टरबाट सुरक्षित र गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।


