४ आश्विन २०८१, शुक्रबार 1726845137
पालिका

जनताको काम गर्ने हो भने एमालेलाई बिजयी बनाउनुपर्छ

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन अब चार दिन मात्र बाँकी छ । निर्वाचन नजिकिएसँगै राजनीतिक दलका नेताहरु घरदैलो, ¥याली र भेटघाटको चटारोमा व्यस्त छन् । ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा न्हुच्छेकाजी महर्जन काठमाडौं महानगरपालिका वडा नं १८ को वडा अध्यक्षको उम्मेदवार हुनुहुन्छ । जनताको काम गर्ने हो भने एमालेलाई बिजयी बनाउनुपर्ने उहाँको तर्क छ । आफुलाई वडा अध्यक्षमा बिजयी बनाए ५ बर्षको समयमा सांस्कृतिक सम्पदा, भाषाको संरक्षण र भौतिक पुर्वाधार निमार्णमा जोड दिने बताउनुभयो ।

सांस्कृतिक सम्पदाको संरक्षण राष्टको गहना र राजस्वको आम्दानीको स्रोत भएकाले यसलाई हामीले महत्वपुर्ण ठानेर काम गरिरहेका छौ उहाँले भन्नुभयो । फोहोर व्यवस्थापन र खानेपानीको सुविधा बनाउन विशेष योजना बनाएर अगाडि बढिरहेको उहाँको भनाइ थियो । सांस्कृतिक र एकिकृत वस्ती निमार्ण गर्नुका साथै स्थानीयका लागि आर्थिक उपार्जनको विशेष योजना ल्याइने उहाँले बताउनुभयो ।