नयाँ दिल्ली । जम्मू कश्मीरको उधमपुरमा सुरक्षा बल र आतंककारीहरूबिच भएको भिडन्तमा एक सैनिकको मृत्यु भएको छ । सेनाको ह्वाइट नाइट कोरले सामाजिक सञ्जालमा एक पोस्टमार्फत यो जानकारी दिएको हो ।
‘हाम्रा एक बहादुरलाई सुरुवाती मुठभेडमा गम्भीर चोट लागेको थियो र उत्कृष्ट चिकित्सा प्रयासका बिच पनि उनको मृत्यु भयो,’ पोस्टमा भनिएको छ । पोस्टका अनुसार, मूठभेड अझै जारी छ ।
मंगलबार जम्मू कश्मीरको पहलगाममा मंगलबार आतंकवादी हमला भएको थियो । यस हमलामा एक जना नेपालीसहित २६ जनाको मृत्यु भएको थियो भने २० भन्दा धेरै घाइते भएका थिए ।


