धनगढी । अछामको साँफेबगर हाटबजारमा आगलागी भएको छ । साँफेबगर नगरपालिका ३ स्थित हाटबजारमा आगलागी भएको हो ।

शनिवार बिहानै भएको आगलागीबाट होटल, मासुपसल लगायत ९ पसल जलेर नष्ट भएका छ्न् । सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा अहिले आगो नियन्त्रणमा आएको छ । क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ । एक पसलमा बिजुली सट भएर आगलागी भएको स्थानीयको भनाइ छ ।
क्षतिको विवरण र आगलागीको कारणबारे प्रहरीले घटना स्थलमा अध्ययन गरिरहेको जनाएको छ ।


