काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका पाँच वटा प्रदेशका पहाडी भूभागमा वर्षा गराउने बादल विकसित भइरहेको तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको जनाएको छ ।
विभागले आइतबार सूचना जारी गर्दै कोशी मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको पनि बजाएको छ । विभागले यो प्रणाली पूर्वतिर सर्ने क्रम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
‘हाल देशका कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा वर्षा गराउने बादल विकसित भइरहेको र कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ’, विभागले भनेको छ, ‘यो प्रणाली पूर्वतिर सर्ने क्रममा रहेको हुँदा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’


