काठमाडौ । रसुवाको केरुङ नाका हुँदै नेपाल भित्र्याइँदै गरेको ७ किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिकाका किशोर भुजेल छन् ।

तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा सुनसहित उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।


