३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 6:51 am
समाचार

अवरुद्ध कान्तिलोकपथ पूर्ण रूपमा सञ्चालन

सूचना प्रेस २०८२ जेष्ठ १० शनिबार ००:००, १०:४२ बजे १ मिनेट पढाइ

काठमाडौं, १० जेठ । वर्षाका कारण अवरुद्ध हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

कान्तिलोकपथको बागमती पुल खण्डको बाटो मर्मत गरेर पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बगाएपछि गएरातिदेखि कान्तिलोकपथ सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।