६ आश्विन २०८१, आइतबार 1727036477
Banner

मौन अवधिमा भोट माग्दै गरेका परराष्ट्रमन्त्रीलाई युवासंघका कार्यकर्ताले लेखेटे

काठमाडौं । मौन अवधि चलिरहेको अवस्थामा परराष्ट्रमन्त्री डा. नारायण खड्काले मतदातासँग भोट मागेको भन्दै त्रियुगा नगरपालिकामा युवासंघका कार्यकर्ताले लेखेटेका छन् । मौन अवधिमा चुनावी प्रचारप्रसार र मतदातालाई आफ्नो पक्षमा पार्ने गरी त्रियुगाको देउरीमा भोट मागिरहेका उनलाई युवासंघका कार्यकर्ताले लेखेटेका हुन् । स्थानीय तह सदस्य निर्वाचन ०७९ का लागि वैशाख २७ गते मध्य रातिदेखि मौन अवधि सुरू भएको छ ।

मौन अवधिमा निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गर्न नहुने, मतदाता प्रभावित पार्ने कार्य भोजभतेर, आर्थिक प्रलोभन, धाकधम्की, बन्देजजस्ता कार्य वर्जित गरिएको छ ।

निर्वाचन आचारसंहिता विपरित नेपाल सरकारका मन्त्रीहरू चुनावी प्रचारप्रसारमा सहभागी भएको पाइएको छ । त्रियुगा नगरपालिका–६ जलजलेको मुसहर बस्तीमा पुगेर त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिनु भएका वसन्त बस्नेत र त्रियुगा नगरपालिका– ६ का वडाध्यक्ष पदका उम्मेदवार कृष्ण बुढाथोकीलाई साथमा लिएर भोट मागेको पाइएको छ ।

त्रियुगा नगरपालिकामा गठबन्धनका नेताहरुले मतदातालाई प्रभावित गर्नेगरि कुखुरा र कपडा बाढिरहेको स्थानीय नेता रमाकान्त चौधरीले बताउनुभयो । (भिडियो)