४ आश्विन २०८१, शुक्रबार 1726856207
पालिका

मेयरमा बागीका १३५ मत, गठबन्धन २८ मतमै सीमित

जनकपुरधाम उपमहानगरपालिकामा गठबन्धनको उम्मेदवारले लज्जास्पद मत पाउँदा नेपाली कांग्रेसका बागी उम्मेदवारले अग्रता लिएको छ ।

हालसम्म ४०० मतको गणना हुँदा नेपाली कांग्रेसबाट बागी बनी स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले १३५ मत प्राप्त गरेर अग्रता लिएका छन् भने गठबन्धनबाट जनता समाजवादी पार्टीको मेयर पदका उम्मेदवार लालकिशोर साहले २८ मत मात्र प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार बलराम महतोले ३३ मत, स्वतन्त्र उम्मेदवार जानकीराम साहले १९ मत, नेकपा एमालेका शिवशंकर साह ‘हिरा’ले ४५ मत र लोसपाका मनोज चौधरीले १८ मत मात्र प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका किशोरी साहले १६२ मत ल्याएर अग्रता कायम नै राखेका छन् । नेकपा एमालेकी रुना झाले ४६ मत, लोसपाकी रिताकुमारी मिश्रले २३ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले २६ मत ल्याएका छन् ।