४ आश्विन २०८१, शुक्रबार 1726859269
पालिका

सोलुखुम्बुको महाकुलुङमा माओवादीले कांग्रेसलाई उछिन्यो

सोलुखुम्बु — सुरुवाती तीन सय मत गणनामा अग्रता लिएको नेपाली कांग्रेसलाई पछि पार्दै सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ ।

वडा नम्बर १ को पाँच सय मत गणना हुँदा कांग्रेसका उम्मेदवार सूर्यबहादुर कुलुङले १ सय ९२ मत ल्याउदा माओवादी केन्द्रका उम्मेदवार सागर किराँतीले २२१ मत ल्याएका छन् ।एमालेका उम्मेदवार भक्त कुलुङको पक्षमा ६५ मत प्राप्त भएको छ । उपाध्यक्षमा कांग्रेसकी विपना कुलुङले १ सय ४५, माओवादीकी छलिमाया कुलुङ कुलुङले १ सय ८६ र एमालेकी शुभधनी कुलुङले १ सय ४० मत पाएका छन् । वडा अध्यक्षमा पनि माओवादीकै उम्मेदवारले अग्रता लिएका छन् ।

कांग्रेसका पर्खिधन राईले १ सय ९० मत ल्याएका छन् । माओवादीका नीरकुमार कुलुङले १ सय ९५ मत एमालेका तिमल कुमार राईले ८७ मत पाउदा पाएका छन् ।