२८ कार्तिक २०८३, शनिबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 4:55 am
अर्थ

कृषकलाई मिनी ट्रिलर

सूचना प्रेस २०८२ असार २० शुक्रबार ००:००, १८:४५ बजे १ मिनेट पढाइ

असार २० गते । धादिङको ज्वालामुखी गाउँपालिकाले कृषकलाई अनुदानमा मिनी ट्रिलर वितरण गरेको छ । 

कृषकलाई कृषि क्षेत्रमा काम गर्न सहज होस् भनेर ५० प्रतिशत गाउँपालिकाको अनुदान र ५० प्रतिशत सम्बन्धित कृषकको लगानीमा मिनी ट्रिलर वितरण गरिएको हो । कृषि क्षेत्रमा आबद्ध ५८ जना कृषकलाई गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले मिनी ट्रिलर वितरण गर्नुभएको हो ।

गाउँपालिकाका अध्यक्ष दनैले कृषिलाई यान्त्रिक र आधुनिक बनाउँदै बजारीकरणमा जोड दिँदै गाउँपालिकाले विशेष योजना बनाएर कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो ।