काठमाडौं । तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट पारित गरेको छ । नगरपालिकाको आज आयोजित ४३ औँ नगरसभाले आगामी आवका लागि रु एक अर्ब ८१ करोड ७६ लाख १९ हजारको आयव्यय बजेट सर्वसम्मत पारित गरेको हो ।

नगरपालिकाले गत असार १० गते आगामी आवका लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । प्रस्तावित बजेटमध्ये चालुतर्फ ५५ दशमलव ८५ प्रतिशत र पुँजीगततर्फ ४४ दशमलव १५ प्रतिशत रहेको जनाइएको छ ।


