११ जेष्ठ २०८३, सोमबार 1779730662
Banner

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । 

सरकारले आव ८३–८४ मा बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य मोटो धानको ३६६० रूपैयाँ प्रति क्विन्टल र मध्यम धानको ३८६० रूपैयाँ प्रतिक्विन्टल तोक्ने निर्णय गरेको छ । 

त्यस्तै, सरकारले नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे–केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्र पत्र स्वीकृत गर्ने निर्णय गरेको छ । 

सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय गरेको छ ।