काठमाडौं । यही साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा हुने ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा नयाँ विद्युतीय सवारीसाधन एसयुभी ‘जेको जे-५’ सार्वजनिक गरिने भएको छ।

ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एसयुभी ‘जेको जे-५’ सार्वजनिक गर्ने घोषणा गरेको हो । कम्पनीले नेपाली विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्यका साथ यो प्रिमियम एसयुभी ल्याउन लागेको हो ।
कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा इ-५ र जेइको जे-६ इभी लाइनअपसँगै नयाँ जेइको जे-५ ले बोल्ड स्टाइलिङ र अत्याधुनिक प्रविधिका विशेषताहरूसहित नेपाली विद्युतीय सवारी साधनको बजारमा नयाँ अध्याय सुरू गर्ने लक्ष्य लिएको छ ।
के-के छन् फिचर्स ?
कम्पनीका अनुसार जे-५ लाई एडभेन्चरस यात्राका लागि उपयुक्त हुने गरी रगेड डिजाइनमा तयार पारिएको छ । यसमा लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास), प्यानोरोमिक सनरुफ, ५४०-डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सन जस्ता सुविधा उपलब्ध हुनेछन् । जसले यसलाई सहरी यात्रा तथा हल्का अफ-रोड यात्रा दुवैका लागि एकदमै उपयुक्त बनाउने कम्पनीको दाबी छ।
जे-५ मा कनेक्टेड कार टेक्नोलोजिसहितको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्सट्रुमन्ट क्लस्टर, १३२० मिलिमिटर चौडाइ भएको फराकिलो र आरामदायी सेकेन्ड-रो सिट, २५६-कलर एम्बिएन्ट लाइटिङ र ४८० लिटरको ट्रन्क स्पेस तथा ३६ इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्टहरू समावेश रहेका छन्।
जेइको जे-फाइभको लम्बाई ४३८० मिलिमिटर, चौडाई १८६० मिलिमिटर र उचाई १६५० मिलिमिटरको छ भने यसमा १८-इन्चको अग्लो एलोय ह्विल्स रहेको छ। १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाटआवरको ब्याट्रि प्याकबाट सञ्चालित यो एसयुभिले एकै चार्जमा ४०२ किलोमिटरको डब्लुएलटिपि सर्टिफाइड रेन्ज प्रदान गर्छ।
जेइको जे-५ ले चालक(यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको कम्पनीले उल्लेख गरेको छ। जेइको जे-५ मा लेभल २ एडासको विशेषताहरू समावेश रहेको छ, जस अन्तर्गत ‘फरवार्ड कोलिजन वार्निङ (एफसिडब्लु), ब्लाइन्ड स्पट मनिटरिङ (बिएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल, इमर्जेन्सि ब्रेकिङ’, र १९ वटा थप इन्टेलिजेन्ट सुरक्षा विशेषताहरू रहेका छन्।


