१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:41 am
Banner

कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

सूचना प्रेस २०८२ श्रावण १४ बुधबार ००:००, १६:४३ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन्। मुख्यमन्त्री बहादुर सिंह लामाले दलको नेताको हैसियत गुमाएपछि आज भएको निर्वाचनमा बानियाँ २२ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी लामा १४ मतमै रोकिए।

निर्वाचनमा खसेका ३७ मतमध्ये एक मत बदर भएको थियो। बागमती प्रदेशसभामा नेपाली कांग्रेसका कुल ३७ सांसद छन्।