धनगढी, २५ साउन । कैलाली कारागारमा हिंसात्मक झडप भएपछि अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।
शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका छन् । यसैबीच कैलाली कारागार प्रशासनले कैदीबन्दीको गणना सुरु गरेको छ ।
सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई हतियारसहित भित्र पठार गणना गर्न लागिएको हो । मानव अधिकार आयोगको टोली पनि सँगै रहेको छ ।
यसअघि कैदीले नै कारागार नियन्त्रणमा लिएर कसैलाई पनि भित्र छिर्न दिएका थिएनन् ।


