काठमाडौं-ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ। बैंकले १.०९ प्रतिशत नाफा बढाउँदै गत आर्थिक वर्षमा ६ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको हो।

ग्लोबल बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको थियो। जुन, गत वर्षको तुलनामा ७ करोडले न्यून थियो। सो अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष १६ अर्ब ८५ करोड रुपैयाा रहेको थियो ।
नाफामा सामान्य बढोत्तरीसँगै लाभांश क्षमता १४.११ प्रतिशत रहेको छ। बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड रुपैयाँ छ। यो अघिल्लो वर्षको तुलनामा अत्याधिक वृद्धि हो । किनकी, अघिल्लो आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा जम्मा ५० करोड ६७ लाख रुपैयाँ थियो ।
प्रकाशित विवरणअनुसार बैंकको प्रतिशेयर आम्दानी १६.२८ रुपैयाँ छ । यो भने अघिल्लो वर्षको तुलनामा घटेको छ । अघिल्लो वर्ष बैंकको प्रतिशेयर आम्दानी १६.११ रुपैयाँ थियो ।


