काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गरेका छन् ।

नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आएका सचिव मिस्रीले आइतबार अपरान्ह अध्यक्ष निवास खुमलटारमा प्रचण्डसँग भेट गरेका हुन् । भेटमा नेपाल-भारत द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।
मिस्रीले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग भेटवार्ता गरेका थिए ।


