काठमाडौं । महालक्ष्मी विकास बैंकले समग्र वित्तीय परिसूचकहरुमा सकरात्मक सुधार गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्त्यसम्म बैंकले समग्र वित्तीय परिसूचकमा सकारात्मक सुधार गर्दै सन्तुलित अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ५० करोड पुगेको छ । यस वर्ष बैंकको लाभाशं वितरण क्षमतामा उल्लेख्य वृद्धि भई ११.५१ प्रतिशत पुगेको छ । गत वर्ष बैंकले ५६ अर्ब २२ करोड निक्षेप संकलन गरेको छ भने ४५ अर्ब ८५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको कर्जा लगानी ५.०५ प्रशित बढी हो ।
गत असार मसान्तसम्म बैंकको सेयरधनी कोषमा प्रतिफल ११.७९ प्रतिशत रहेको छ । कर्जा निक्षेप अनुपात ८३.९८ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा पनि नेपाल राष्ट्र बैंकले तोकेको सीमा भित्र नै छ । ।हाल बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशत मात्र रहेको छ । साथै बैंकको पुँजी पर्याप्यता अनुपात पर्याप्त रहेकाले आगामी दिनमा व्यवसाय वृद्धि गर्न कुनै पुँजीगत दबाब नरहने देखिन्छ ।
विवरण अनुसार कोष लागत प्रतिशत ४.५६ प्रतिशत रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४७ प्रतिशत कम हो । कोष लागत प्रतिशत कम हुँदा सोको सकारात्मक असर आधार दरमा समेत परेको छ । बैंकको आधार दर हाल ६.५४ प्रतिशत रहेको छ । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याज दरसमेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्ने बैंकले जनाएको छ ।
हालै मात्र बैंकले आफ्नो मोबाइल बैकिङ्ग एप ’महालक्ष्मी स्मार्ट साथी’मा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको छ । ’सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालय र ८ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् ।


