९ मंसिर २०८१, आइतबार 1732450191
Banner

भरतपुरमा रेणुको अग्रता कायमै

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा अहिलेसम्म ६३ हजार मतगणना भएको छ ।

प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले २४ हजार ६६० मत ल्याएर अग्रता कायम गरेकी छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का विजय सुवेदीले २० हजार ६६३ मत ल्याएका छन् ।
यस्तै स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ८ हजार ७१५ मत पाएका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २६ हजार २७१ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले १५ हजार ९५० मत पाएकी छन् ।