१ जेष्ठ २०८३, शुक्रबार 1778900523
समाचार

ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१  चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । 

निजको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।