काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् ।

प्रतियोगितामा आज दिनको पहिलो खेलमा गत सिजन प्लेअफ खेलेको टोली कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । आजको खेलमा प्रतिस्पर्धाका निम्ति उत्रिँदा कर्णाली पहिलो जितको खोजीमा हुनेछ ।
कर्णालीले यसअघि चितवन राइनोजसँग चार विकेटको हार व्यहोरेको थियो ।
यता, लुम्बिनी भने आज लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । लुम्बिनीले यसअघि पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो ११ः१५ बजेदेखि सुरु हुनेछ । दोस्रो खेल दिउँसो ३.३० बजेदेखि शुरु हुँदैछ ।


