१६ जेष्ठ २०८३, शनिबार 1780139010
कला/साहित्य

गायिका सुनिता दुलालले लगनगाँठो कसिन

काठमाडौं । गायिका सुनिता दुलालले शनिबार प्रेमी राजेश केसीसँग लगनगाँठो कसेकी छिन् । मूलपानीस्थित नर्लिङ रिसोर्टमा आयोजित वैवाहिक समारोहमा उनीहरूले विवाह गरे । समारोहमा परिवार, आफन्त र निकट कलाकार सहभागी थिए ।

सुनिता र राजेश ४ वर्षदेखि प्रेम सम्बन्धमा छन् । निर्माण व्यवसायी समेत रहेका राजेश इन्जिनियर पनि हुन् ।

रुकुम पश्चिम स्थायी घर भएका राजेश पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएका छन् ।