२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 5:39 am
समाचार

१६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ

सूचना प्रेस २०८२ मंसिर १५ सोमबार ००:००, १३:२९ बजे १ मिनेट पढाइ

नवलपरासी पश्चिम । १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । जिल्लाको बर्दघाट नगरपालिका– १ माकर बस्ने १९ वर्षीय रोजीन सुनारलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

रोजिनले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई बर्दघाट नगरपालिका–४ त्रिवेणी चोकबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।