१ जेष्ठ २०८३, शुक्रबार 1778898114
राजनीति

शाक्यलाई कुलमानले भने- मलाई रिजल्ट चाहिन्छ नभए फेरि पनि सोच्नुपर्ने हुन सक्छ

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली भएका हितेन्द्रदेव शाक्यलाई रिजल्ट देखिने गरी काम गर्न निर्देशन दिएका छन् । प्राधिकरणमा पदभार ग्रहण गरेपश्चात मन्त्री घिसिङलाई भेट्न पुगेका शाक्यलाई रिजल्ट आएन भने फेरि पनि सोच्नु पर्ने हुन सक्ने चेतावनी पनि दिएका हुन् ।

भेटका क्रममा घिसिङले राम्रो रिजल्ट आएमा आफू शत्रुलाई पनि जिम्मेवारी दिन तयार हुने व्यक्ति भएको स्पष्ट पारे । उनले भने, ‘मलाई रिजल्ट चाहिन्छ । राम्रो रिजल्ट आएमा म शत्रुलाई पनि जिम्मेवारी दिन तयार हुने व्यक्ति हुँ । तर, रिजल्ट आएन भने फेरि पनि सोच्नु पर्ने हुन सक्छ,’ ।